कोभिड-१९

थप ८ सय १४ जनामा कोभिड संक्रमण

इकागज |
साउन १७, २०७९ मंगलबार १६:५२ बजे

काठमाडौँ- नेपालमा थप ८ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय ६२ पिसिआर परीक्षणका क्रममा ५ सय ९ जना र २ हजार ६ सय ५३ एन्टिजेन परीक्षणका क्रममा ३ सय ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप २ सय ९९ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६ सय २५ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार १ सय ४४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x