कोभिड-१९

थपिए ४५५ जना नयाँ संक्रमित, दुईकाे मृत्यु

इकागज |
साउन २९, २०७९ आइतबार १६:२४ बजे

काठमाडौँ- नेपालमा थप ४ सय ५५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टिजेन परीक्षणका क्रममा १ सय ५० जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ ।


हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ४ सय ३५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x