कोभिड-१९

थप ६ सय ५८ जनामा कोभिड संक्रमण, एकको मृत्यु

इकागज |
भदौ ६, २०७९ सोमबार १६:३ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप ६ सय ५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ३ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ४ सय ५ र ३ हजार २ सय ६२ एन्टिजेन परिक्षणका क्रममा २ सय ५३ जनामा काभिड संक्रमण पुष्टि भएको हो । 


कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ५६ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ९६ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । 


Author

थप समाचार
x