कोभिड-१९

थप दुई सय जनामा कोभिड संक्रमण, दुईकाे मृत्यु

इकागज |
भदौ १८, २०७९ शनिबार १७:१२ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप २०० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमणमुक्त भएका छन् ।


हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोभिड संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।


Author

थप समाचार
x