कोभिड-१९

थप २ सय ३० मा कोभिड पुष्टि

इकागज |
भदौ २२, २०७९ बुधबार १६:४७ बजे

काठमाडौं– नेपालमा थप २ सय ३० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ५ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
 



Author

थप समाचार
x