कोभिड-१९

थप १ सय ४ जनामा कोभिड संक्रमण, दुईकाे मृत्यु

इकागज |
भदौ २६, २०७९ आइतबार १६:५४ बजे

काठमाडौँ- नेपालमा थप १ सय ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परीक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टिजेन परीक्षणका क्रममा १५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप २ सय १ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x