कोभिड-१९

थप २ सय ३ जनामा कोभिड-१९ संक्रमण

इकागज |
भदौ २८, २०७९ मंगलबार १५:११ बजे

काठमाडौँ- नेपालमा थप २ सय ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय पिसिआर परीक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टिजेन परीक्षणका क्रममा १ सय १६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १ सय २६ जना कोभिड संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २ हजार २ सय ३२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x