कोभिड-१९

नेपालमा थपिए १२६ काेभिड संक्रमित, १३७ जना संक्रमणमुक्त

इकागज |
भदौ ३०, २०७९ बिहीबार १७:३० बजे

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । तीन हजार ९० वटा नमुना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सोही अवधिमा १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x