कोभिड-१९

घट्दाे क्रममा कोभिड संक्रमित

इकागज |
असोज २, २०७९ आइतबार १६:२२ बजे

काठमाडौँ- नेपालमा थप ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर परीक्षणका क्रममा २५ जना र १ हजार १ सय २९ एन्टिजेन परीक्षणका क्रममा ३४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १ सय ६१ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा १ हजार ८ सय ३० सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x