कोभिड-१९

थप ४२ जनामा कोभिड संक्रमण

इकागज |
असोज २८, २०७९ शुक्रबार १५:५७ बजे

काठमाडौँ- नेपालमा थप ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


कोभिडका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने २६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ सय ३८ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x