कोभिड-१९

थप ५२ जनामा कोभिड संक्रमण

इकागज |
असोज २९, २०७९ शनिबार १६:७ बजे

काठमाडौँ- नेपालमा थप ५२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ सय ४५ पिसिआर परीक्षणका क्रममा ४५ जना र १ हजार १८ एन्टिजेन परीक्षणका क्रममा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोभिडका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ जना निको भएका छन् ।

हाल नेपालमा ६ सय ६७ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x