कोभिड-१९

कोभिड १९ : ६ जना संक्रमित हुँदा ३६ जना निको

इकागज |
कात्तिक १४, २०७९ सोमबार १६:४ बजे

काठमाडौं– नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३६ जना निको भएका छन् ।

देशभर गरिएको ४ सय ३६ पिसिआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने ३६ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x