कोभिड-१९

थप २९ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १५:१२ बजे

काठमाडौँ- नेपालमा थप २९ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ६ सय १९ पिसिआर परीक्षणका क्रममा २९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । १५ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोभिड संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।


त्यस्तै कोभिडका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x