कोभिड-१९

थप २५ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार १६:६ बजे

काठमाडौँ- नेपालमा थप २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौबिस घण्टामा देशभर गरिएको १ हजार ८ सय ४५ नमुना परीक्षणका क्रममा २५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


कोभिडका कारण शुक्रबार पनि थप कसैको मृत्यु भएको छैन भने थप २८ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा ५ सय ६९ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x