कोभिड-१९

थप २८ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक २०, २०७९ आइतबार १६:० बजे

काठमाडौँ- नेपालमा थप २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार २ सय १९ पिसिआर परीक्षणका क्रममा २६ जना र ६ सय ६० एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोभिडका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १८ संक्रमित कोभिडमुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ७० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x