कोभिड-१९

काेभिड संक्रमित राेक्न वीरगञ्जमा पुन: ‘हेल्थ डेस्क’ सञ्चालन

इकागज |
पुस २१, २०७९ बिहीबार १२:३४ बजे

वीरगञ्ज/ फाइल तस्बिर

पर्सा- भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ । ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो ।

वीरगन्ज–रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मलुकबाट आएकालाई वीरगञ्जको शङ्कराचार्यद्वारस्थित ‘हेल्थ डेस्क’मा स्वास्थ्यपरीक्षणसँगै एन्टिजेन किटबाट सङ्क्रमित भए नभएको परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख डा अनिसा महतोले जानकारी दिए ।    
    
उनले यही पुस महिनाको १ गते देखि १९ गते सम्मा सात हजार पाँच सय जनाको स्वास्थ्यपरीक्षण र एक हजार दुई सय ७२ जनाको एन्टिजेन टेष्ट गर्दा हालसम्म कोही सङ्क्रमित नभेटिएको बताए । पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेष्ट हुँदै आएकोमा पछिला समय भारतमा सङ्क्रमितको सङ्ख्या बढेपछि आवश्यताका आधारमा टेष्टलाई बढाएको उनको भनाइ छ ।    
    
नारायणी अस्पतालले केही पूर्व तयारी गरेको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । उनले सङ्क्रमतिलाई राख्न अस्पतालमा रहेको १८ शय्याको एचडियु, ८ शय्याको सघन उपचार केन्द्र, उपचारका लागि आवश्यक जनाशिक्त र अक्सिजनको प्रबन्ध मिलाइएको बताए ।    
    
ओमिक्रोन बी एफ ७ हालसम्मकै सबै भन्दा बढी सङ्क्रमक रहेकाले यसबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालाना गर्न सर्वधारणलाई चिकित्सकले सुझाव दिएका छन् ।



Author

थप समाचार
x