कोभिड-१९

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

इकागज |
चैत ९, २०८० शुक्रबार २१:८ बजे

धनगढी- सुदूरपश्चिम प्रदेशमा शुक्रबार एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रवार (आज) १४१ जनाको स्वास्थ्य परीक्षण गरेकोमा सात जनामा कोरोना संक्रमण देखा परेको जनाएको छ ।


पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्र​मित फेला परेका छन् ।


Author

थप समाचार
x