कोभिड-१९

आज देशभर थपिए २ सय २४ जना काेभिड संक्रमित

इकागज |
फागुन २५, २०७८ बुधबार १७:१४ बजे

काठमाडौं - पछिल्ला दुई दिन सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि देखिएको छ । सङ्क्रमितको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 


१० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६८ तथा एन्टिजेन विधिबाट १५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  मंगलबार १ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले खोप लगाएका छन् ।


Author

थप समाचार
x