कोभिड-१९

नेपालमा थप १४ मा कोभिड–१९ पुष्टि

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १५:५८ बजे

काठमाडौं– नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ७८ पिसीआर परीक्षणका क्रममा १३ जना र ९ सय ९३ एन्टीेजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय १२ जना निको भएका छन् । हाल नेपालमा २ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 
 



Author

थप समाचार
x