बागमती

काभ्रेमा बाँधेर जलाइएको अवस्थामा शव फेला

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १०:९ बजे

काठमाडौँ- काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । पाँचखाल नगरपालिका- ४ फेदी र जिरोकिलोको बीच भागको जंगलमा जलाइएको अवस्थामा एक पुरूषको शव भेटिएको हो ।

'शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ' प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले भने 'शवको पहिचान हुन सकेको छैन ।'


उनका अनुसार घटनास्थलमा कुकुरसहितको प्रहरीको टोली गएको छ ।


Author

थप समाचार
x