कोभिड-१९

आज थप २० मा कोभिड पुष्टि

इकागज |
बैशाख १८, २०७९ आइतबार १६:२० बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा आइतबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २ हजार ५ सय ८ पीसीआर परीक्षणका क्रममा १८ जना र ७ सय १४ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । 

हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइशोलेसनमा रहेका छन् । 


Author

थप समाचार
x