क्रिकेट

क्रिकेट संघ कर्णालीको अध्यक्षमा पदम खड्का

इकागज |
भदौ १३, २०८० बुधबार १६:२ बजे

सुर्खेत - नेपाल क्रिकेट संघ कर्णाली प्रदेशको अध्यक्षमा पदम खड्का चयन भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनबाट खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

नयाँ गठन गरिएको समितिको उपाध्यक्षमा खड्कजंग शाही, सचिवमा श्रीधर केसी र कोषाध्यक्षमा सूर्य थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा बालकुमार नकाल, कुलप्रसाद ओली, सविन हमाल, बुलन्द बाबु सेजुवाल, दमनराज शाही, प्रकाश भुषाल, पवनकुमार थापा, समुन्द्र शाही, मनोज थापा चयन भएका हुन् ।
 



Author

थप समाचार
x