क्रिकेट

चेन्नईमाथि गुजरात ३५ रनले विजयी

इकागज |
बैशाख २९, २०८१ शनिबार ६:५९ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको हो ।


गुजरातले दिएको २३२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

यस अघि पहिला ब्याटिङ गर्दै गुजरातले कप्तान शुभमन गिलको १०४ र साइ सुदर्शनको १०३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउँदै २३१ रन बनाएको थियो ।

गिल र सुदर्शनले पहिलो विकेटका लागि कीर्तिमानी २१० रनको साझेदारी गरेका थिए ।

यो जितपछि गुजरात टाइटन्सको १२ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नई सुपर किंग्सको भने यो यस सिजनमा छैटौं हार हो । १२ खेलमा ६ खेल जितेको चेन्नईको १२ अंक रहेको छ र अंक तालिकामा चौथों स्थानमा रहेको छ ।


Author

थप समाचार
x