क्रिकेट

राजस्थान आईपीएलको क्‍वालिफायरमा

इकागज |
जेठ १०, २०८१ बिहीबार ७:११ बजे

काठमाडौँ- राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्‍वालिफायरमा पुगेको छ । 

बुधबार सम्पन्न इलिमिनेटरको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई ४ विकेटले पराजित गर्दै दोस्रो क्‍वालिफायरमा पुगेको हो ।


बैंगलुरुले दिएको १७३ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

यो जितपछि अब राजस्थानले दोस्रो क्‍वालिफायरमा सनराइजर्स हैदरावादसँग खेल्नेछ । यो खेल शुक्रबार हुनेछ ।

त्यस्तै यो हारसहित रोयल च्यालेन्जर्सको आईपीएल यात्रा भने समाप्त भएको छ ।


Author

थप समाचार
x