क्रिकेट

कोलकाताले जित्यो आईपीएलको उपाधि

इकागज |
जेठ १४, २०८१ सोमबार ७:१८ बजे

काठमाडौँ- कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आईपीएलको उपाधि जितेको हो ।


सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकाताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ३९ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले १८.३ ओभरमा अल आउट हुँदै ११३ रन बनाएको थियो ।

सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक २४ रन बनाएका थिए भने एडन मार्क्रमले २० रन बनाएका थिए । त्यस्तै कोलकाताका बलर आन्द्रे रसेलले सर्बाधिक ३ विकेट लिए भने हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिएका थिए ।

यो जितसँगै कोलकाताले २०१२ र २०१४ पछि तेस्रो पटक आईपीएलको उपाधि जितेको छ । कोलकाता २०२१ मा फाइनलमा पुगेर पराजित भएको थियो ।


Author

थप समाचार
x