क्रिकेट

टी-ट्वान्टी सिरिज : नेपालले पीएनजीविरुद्ध फाइनल खेल्ने

इकागज |
फागुन २९, २०८० मंगलबार १४:२५ बजे

काठमाडौँ- हङकङमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) को सामना गर्ने भएको छ ।

मंगलबार भएको निर्णायक खेलमा हङकङलाई १० विकेटले पराजित गर्दै पीएनजीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।


यसअघि मंगलबार बिहान भएको खेलमा नेपालले पीएनजीलाई नै ८५ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । नेपाल र पीएनजीबीचको फाइनल बुधबार हुनेछ ।

मंगलबारको खेलमा हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो ।

पीएनजीको जितमा सेसे बाउले ६१ रन तथा टोनी उराले ५१ रन जोडे । यसअघि हङकङले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २१ रन बनायो । हङकङका लागि जिसन अलीले सर्वाधिक ५५ रन जोडे ।


Author

थप समाचार
x