क्रिकेट

२०२२ मा कार दुर्घटनामा परेका रिशभ पन्तले यस सिजनको आईपीएल खेल्ने

इकागज |
फागुन २९, २०८० मंगलबार १७:२९ बजे

काठमाडौँ- सन् २०२२ मा कार दुर्घटनामा परेका भारतीय विकेट-किपर ब्याटर रिशभ पन्तले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् ।

पन्तले खेल्नका लागि गरिएको परीक्षणमा सफल भएका बीसीसीआईले जनाएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।


सन् २०२२ को डिसेम्बरमा कार दुर्घटनामा परेका २६ वर्षीय पन्त १४ महिनापछि मैदानमा फर्किने भएका हुन् ।

मार्च २२ देखि सुरु हुने आईपीएलमा पन्तले दिल्ली क्यापिटल्सका लागि खेल्ने भएका हुन् ।

पन्तले भारतका लागि ३३ टेस्ट, ३० एकदिवसीय तथा ६६ टी-ट्वान्टी खेलेका छन् ।


Author

थप समाचार
x