क्रिकेट

बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त

इकागज |
चैत १८, २०८० आइतबार १२:५५ बजे

काठमाडौँ- बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबरलाई टी-ट्वान्टी तथा एकदिवसीय टिमको कप्तान चयन गरेको हो ।


गत वर्ष भारतमा सम्पन्न आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि बाबरले कप्तानको पदबाट राजीनामा दिएका थिए ।

तर वेस्ट इन्डिज र अमेरिकामा आगामी जुनमा आयोजना आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपअघि पाकिस्तानले बाबरलाई टी-ट्वान्टी र एकदिवसीय टिमको कप्तान चयन गरेको हो ।

यसको अर्थ शाहिन शाह अफ्रिदीको कप्तानको पद खोसिएको छ । अहिले पाकिस्तानको टेस्ट टिमको कप्तानमा शान मसुद रहेका छन् ।

विश्वकपअघि पाकिस्तानले न्यूजिल्यान्डविरुद्धको ५ खेलको टी-ट्वान्टी सिरिज तथा इंग्ल्यान्डविरुद्धको ४ खेलको टी-ट्वान्टी सिरिज पनि खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x