क्रिकेट

नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज

इकागज |
चैत १९, २०८० सोमबार ७:५ बजे

काठमाडौँ- नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ । 

आयरल्याण्ड उल्भ्सले यसअघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्याण्ड उल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो । 


अब सिरिजको तेस्रो खेलमा नेपाल 'ए'ले विजयी लयमा फर्किने प्रयास गर्नेछ । 

यो सिरिजपछि नेपाल 'ए'ले अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।


Author

थप समाचार
x