क्रिकेट

लखनउका फास्ट बलर शिवमले आईपीएलका बाँकी खेल गुमाउने

इकागज |
चैत २१, २०८० बुधबार १६:२ बजे

काठमाडौँ- लखनउ सुपर जायन्ट्सका फास्ट बलर शिवम माभीले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी सबै खेल गुमाउने भएका छन् ।

घाइते भएका कारण शिवमले आईपीएलका बाँकी सबै खेल गुमाउने लखनउले बुधबार जानकारी गराएको हो ।


सन् २०२३ मा गुजरात टाइटन्सका लागि खेलेका शिवमलाई यस सिजनका लागि लखनउले ६ करोड ४ लाख भारतीय रुपैयाँमा क्लबमा भित्र्याएको थियो ।

तर उनले यस सिजनमा लखनउका लागि कुनै पनि खेल खेल्न पाएका थिएनन् । जारी सिजनमा लखनउले खेलेका ३ मध्ये २ खेलमा जित हात पारेको छ ।


Author

थप समाचार
x