क्रिकेट

आईपीएलः आज दुई खेल हुँदै

इकागज |
बैशाख ९, २०८१ आइतबार १३:२९ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा कलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैँगलुरुको सामना गर्दैछ । कलकता र बैँगलुरुबीचको खेल इडेन गार्डेन्समा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुँदैछ ।


६ मध्ये ४ खेलमा जित हात पारेको कलकताको ८ अंक छ भने ७ मध्ये १ खेलमा जितेको बैँगलुरुको केवल २ अंक छ ।

यता राति ७:४५ बजेबाट सुरु हुने खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सको सामना गर्ने तालिका रहेको छ ।

गुजरातले ७ मध्ये ३ खेल जित्दा पञ्जाबले भने केवल २ खेलमा जित हात पारेको छ ।


Author

थप समाचार
x