क्रिकेट

एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

इकागज |
बैशाख ८, २०८१ शनिबार ६:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुँदैछ ।

तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् ।


ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजेदेखि शुरु हुने छ ।  

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ ।  

त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।


Author

थप समाचार
x