क्रिकेट

नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीचको दोस्रो खेल आज हुँदै

इकागज |
चैत २३, २०८० शुक्रबार ६:३४ बजे

काठमाडौँ- नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुने छ ।

नेपाल 'ए'विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड उल्भ्स २१ रनले विजयी भएको हो ।


यो जितपछि आयरल्याण्ड उल्भ्स सिरिजमा १-० ले अगाडि रहेको छ । त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ । 

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।  


Author

थप समाचार
x