क्रिकेट

आईपीएलः हैदराबादले आज राति चेन्नईको सामना गर्दै

इकागज |
चैत २३, २०८० शुक्रबार ११:० बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिगअन्तर्गत आज एक खेल हुँदैछ । आजको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सको सामना गर्दैछ ।

हैदराबाद र चेन्नईबीचको खेल हैदराबादस्थित राजिव गान्धी इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


जारी आईपीएलमा हैदराबाद र चेन्नईको समान चौथो खेल हो । यसअघिका ३ मध्ये हैदराबादले १ खेल जित्दा २ खेलमा पराजय भोगेको थियो ।

यता चेन्नईले भने २ खेलमा जित हात पार्दा १ खेलमा पराजय भोगेको छ ।


Author

थप समाचार
x