क्रिकेट

आयरल्यान्ड उल्भ्ससँग फेरि हार्‍यो नेपाल 'ए', सिरिज पनि गुमायो

इकागज |
चैत २३, २०८० शुक्रबार १४:१९ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सले नेपाल 'ए' विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिज एक खेलअगावै आफ्नो पक्षमा पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल 'ए' लाई १ सय १४ रनले पराजित गर्दै आयरल्यान्ड उल्भ्सले सिरिज २-० ले जितेको हो । यसअघि पहिलो खेल आयरल्यान्ड उल्भ्सले २१ रनले जितको थियो ।   


शुक्रबारको खेलमा १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल 'ए' ले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ६० रन जोड्यो । नेपाल 'ए' का लागि भिम सार्कीले १७ रन जोडे । कप्तान विनोद भण्डारीले १६ रन बनाए ।

आयरल्यान्ड उल्भ्सका लागि म्याथ्यु हमफ्रेयसले ६ तथा थोमस मेयस र फियोन ह्यान्डले २-२ विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो ।

आयरल्यान्ड उल्भ्सका लागि गाभिन होएनले ५० रन तथा कप्तान निल रकले ४५ रन बनाए । लियाम म्याककार्थीले ३५ रन र पिटर मुरले १७ रन जोडे ।

नेपाल 'ए' का लागि शहाब आलमले ३, रिजन ढकालले ३, मौसम ढकालले २ तथा कमल सिंह ऐरी १ विकेट हात पारे ।


Author

थप समाचार
x