क्रिकेट

न्यूजिल्यान्डका फिन र एडमले पाकिस्तानविरुद्धको सिरिज गुमाउने

इकागज |
चैत ३०, २०८० शुक्रबार ११:७ बजे

काठमाडौँ- न्यूजिल्यान्डका ब्याटर फिन एलेन र फास्ट बलर एडम मिल्नेले घरेलु टोली पाकिस्तानविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।

पाहुना टोली न्यूजिल्यान्ड र घरेलु टोली पाकिस्तानबीचको पाँच खेलको टी-ट्वान्टी सिरिज अप्रिल १८ बाट सुरु हुने तालिका रहेको छ । सुरुवाती ३ खेल रावलपिन्डी र बाँकी २ खेल लाहोरमा हुने तय भएको छ ।


एलेनले ढाडको दुखाई तथा मिल्नेले एंकलको समस्याका कारण पाकिस्तानविरुद्धको सिरिज गुमाउने क्रिकइन्फोले जनाएको हो ।

उनीहरुको स्थानमा ब्याटर टम ब्लुन्डेल तथा अलराउन्डर ज्याक फौल्केसलाई टिममा समेटिएको छ ।


Author

थप समाचार
x