क्रिकेट

आइपिएल फ्रेन्चाइजीहरूले मेघा अक्सनअघि राखे तीन माग

इकागज |
साउन १०, २०८१ बिहीबार १२:३४ बजे

काठमाडौँ- यस वर्ष आईपीएलको १८औं सिजन अघि मेगा लिलामी आयोजना गरिने भएको छ । यसअघि फ्रेन्चाइजीले खेलाडीलाई रिलिज गर्नुपर्नेछ।

हालै बसेको आइपिएल गर्भर्निंग काउन्सिल र फ्रेन्चाइजीहरूले भेट गरेर तीन परिवर्तनको माग गरेका छन् । उनीहरूले मेघा लिलामीको अवधि, खेलाडी रिटेन्सनको संख्या र राइट टु म्याचको नियम परिवर्तनको माग गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।


मिडिया रिपोर्टका अनुसार फ्रेन्चाइजीहरूले आईपीएलका तीन नियममा परिवर्तनको माग गरेका थिए । मेघा अक्सन अघि बसेको उक्त बैठकमा फ्रेन्चाइजीहरूले मेगा अक्सनको समयावधि पाँच वर्ष गर्न माग गरेका थिए । यसबाहेक उनीहरूले चारदेखि ६ जना खेलाडी राख्न पाउने र प्रत्येक टोलीलाई कम्तीमा आठ राइट टु म्याच (आरटीएम) को विकल्प दिइनुपर्ने माग गरेका छन् । तर, यी विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।

हरेक पाँच वर्षमा मेगा लिलामी गर्ने मागको कारण युवा खेलाडीलाई तयारी गर्ने मौका दिने हो । यसले अनक्याप्ड खेलाडीहरूलाई फाइदा पुग्छ र उनीहरूले आफ्नो खेल सुधार गर्न सक्षम हुनेछन् । हाल आईपीएलको मेघा लिलामी प्रत्येक तीन वर्षमा हुन्छ ।

यस बैठकमा, फ्रेन्चाइजीहरूले आईपीएल अधिकारीहरूबाट राइट टु म्याच (आरटीएम) विकल्पमा परिवर्तन गर्न माग गरे । फ़ेन्चाइजीहरू मेघा लिलामी अघि यसलाई आठमा घटाउन चाहन्छन् । यदि यसो भयो भने, टोलीहरूले आफ्ना पुराना खेलाडीहरूलाई उच्च बोलीमा मिलाएर टोलीमा पुन: समावेश गर्न सहज हुनेछन् ।


Author

थप समाचार
x