क्रिकेट

तेस्रो टेस्टमा भारतको खराब सुरुवात

कोहली ७ रनमा आउट, एन्डरसनको घातक बलिङ

इकागज |
भदौ ९, २०७८ बुधबार १६:५१ बजे

काठमाडौँ - इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले खराब सुरुवात गरेको छ । लीड्समा टस जितेर ब्याटिङ रोजेको पाहुना टोली भारतले सुरुआतमै तीन विकेट गुमाएको हो । ओपनर केएल राहुल डकआउट हुँदा, चेतेश्वर पुजारा १ र कप्तान विराट कोहली ७ रनमा आउट भए ।

तीन वटै विकेट जेम्स एन्डरसनले लिएका हुन् । यो समाचार तयार पार्दासम्म भारतले ३ विकेट गुमाएर २६ रन बनाएको छ । खराब सुरुआत गरेपछि भारतको पहिलो पाली नै धरापमा परेको छ ।


क्रिजमा रोहित शर्मा र आजिन्क्या रहाणे सम्हालिएर ब्याटिङ गरिरहेका छन् । पाँच खेलको टेस्ट सिरिजमा भारत १–० ले अघि छ । वर्षाले पहिलो टेस्ट बराबरीमा सकिदा दोस्रो टेस्ट भारतले जितेको थियो । 


 


Author

थप समाचार
x