अपराध

अख्तियारको इन्सपेक्टर हुँ भन्दै ठगी गर्ने तीन जना पक्राउ

इकागज |
असार १७, २०७९ १८:१४ बजे

प्रतिकात्मक तस्वीर

महोत्तरी । अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका-१२ थरूवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुर समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

जलेश्वर नगरपालिका-१२ नैन्ही गाउँस्थित किराना पसलमा रविले आफू अख्तियारको इन्सपेक्टर हुँ भन्दै नगद माग गरेका थिए । उनले २ हजार २ सय भारतीय रूपैयाँ र १ हजार नेपाली रूपैया लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नैन्हीबाट खटिएको प्रहरीले रवि सहित ३ जनालाई २ थान मोटरसाइकल सहित पक्राउ गरेको हो।


यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।



Author

थप समाचार
ad
x