अपराध

इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या, तीन पक्राउ

इकागज |
असोज ६, २०७९ बिहीबार १६:२ बजे

इलाम- चुलाचुली गाउँपालिका–५ पुकुवामा ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई लगायत छन् । उनीहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 


झ्याम्ले समेतका ५/७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए । 

गुरुङ घाइते भएको खबर प्राप्त हुनासाथ पेल्टिमारीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले उपचारको लागि लाइफलाइन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x