अपराध

चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ

इकागज |
माघ १९, २०७९ बिहीबार १५:४५ बजे

सुनसरी । इटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनिज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्डसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् ।


इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त हतियार र प्र.१-०२-०४३ प ६८९७ नम्बरको मोटरसाइकलसहित बुधबार राति फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


Author

थप समाचार
x