अपराध

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

इकागज |
असोज २४, २०८० बुधबार २१:१७ बजे

फाइल फोटो

धनगढी -  कैलालीमा जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ का ४८ वर्षीय कृष्णप्रसाद चौधरीलाई धनगढी उपमहानगरपालिका–७ मनहेराबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

चौधरीलाई जिल्ला अदालत कैलालीले जबरजस्ती करणीको आरोपमा २०७६ पाल्गुन २१ गते १ हजार जरिवाना र १ वर्ष कैद तोकेकोे थियो। उनी सोही दिनबाटै फरार रहेका थिए। चौधरीलाई कारबाहीको लागि आजै अदालत पेस गरिएको प्रहरीले जनाएको छ।



Author

थप समाचार
x