अपराध

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

इकागज |
कात्तिक १, २०८० बुधबार १६:१५ बजे

सांकेतिक तस्विर

उदयपुर - आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले पक्राउ गरेको छ । 

पिटरले घरायसी विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x