अपराध

झापाका युवक आधा किलो सुनसहित काठमाडौँबाट पक्राउ

इकागज |
माघ ७, २०८० आइतबार १५:३० बजे

सांकेतिक तस्विर

काठमाडौँ- त्रिभुवन विमानस्थलबाट ४९९ ग्रामसहित एक जना पक्राउ परेका छन्। कतार एयरको जहाजबाट दोहा हुँदै काठमाडौं आएका झापाका २३ वर्षीय खगेन्द्र भण्डारीलाई भन्सार कार्यालयले आइतबार बिहान पक्राउ गरेको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार दर्जीलाई बिहान १० बजे पक्राउ गरिएको हो।


त्रिभुवन भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको पाण्डेले बताए । उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा लगिएकोमा भन्सारले प्रहरी वृत्त गौशालाको हिरासतमा पठाएको छ ।

उनले कसको लागि सुन ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको पाण्डेले बताए। 'अहिले अनुसन्धान भइरहेको छ,' पाण्डेले भने, 'गौशाला वृत्तको हिरासतमा पठाएका छौं।'

त्रिभुवन विमानस्थलमा पछिल्लो समय सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ।


Author

थप समाचार
x