अपराध

महिलाको चरित्र हत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ

इकागज |
माघ १६, २०८० मंगलबार १७:१० बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबर मनोज मानवलाई पक्राउ गरेको छ । व्यक्तिगत जीवनमा असर पार्ने झुटो विवरण राखेर युट्युब भिडियो बनाएर आफ्नो चरित्र हत्या गरेको भनेर पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले मानव भन्ने मनोजकुमार महतोलाई पक्राउ गरेको हो । 

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रानाका अनुसार मनोज मानवलाई सोमबार पक्राउ गरिएको हो । उनलाई कीर्तिपुरबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनमुति लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ​


Author

थप समाचार
x