अपराध

सुनको गहना र नगद चोरी गरेको आरोपमा प्रकाश पक्राउ

इकागज |
माघ १८, २०८० बिहीबार १२:१६ बजे

फाइल तस्बिर

इलाम -फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रूपैयाँ चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश साँवा (लिम्बु) लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बुद्धिमानको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रकाशलाई चोरी भएको सुनसहित फेला पारी पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x