अपराध

सिरहामा हतियार देखाएर प्रहरी कार्यालय छेउमै लुटियो १५ लाख

इकागज |
चैत २५, २०८० आइतबार १३:३१ बजे

सांकेतिक तस्बिर

सिरहा - सिरहामा दिउँसै हतियार  देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ ।

सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।  


भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैँकको र ३ वटा राष्ट्रिय बाणिज्य बैँकको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

लुटिएको रकम विष्णुपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले दिएका बयान अनुसार टुलेरामध्ये मोटरसाइकल चलाउनेले क्रिम कलरको र पछाडि बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरू संकलन भई रहको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।


Author

थप समाचार
x