अपराध

बाबुलाई कुटपिट गरी हत्या गर्ने तामाङ पक्राउ

इकागज |
साउन २, २०७८ शनिबार १९:४७ बजे

काभ्रे-  आफ्नै बाबु ७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भुम्लु गाउँपालिका-९ धेरैनीका ४० वर्षीय सत्य भन्‍ने दुर्गा तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

दुर्गाले कुटपिट गर्दा कमान सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।



Author

थप समाचार
x