अपराध

लागुऔषध कोकिनसहित १३ जना पक्राउ

इकागज |
साउन १८, २०७८ सोमबार १७:५७ बजे

काठमाडौँ - लागुऔषध कोकिनसहित प्रहरीले १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौँका विभिन्न स्थानबाट १ किलो ५ सय १२ ग्राम कोकिनसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो ।

प्रहरीले साउन ७ गते काठमाडौंको पकनाजोलको एक होटलबाट चार जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूबाट ५ सय ग्राम कोकिन फेला परेको थियो । पक्राउ परेका मध्ये मन गुरुङको डेरा खानतलासी गर्दा २ किलो ४ सय ग्राम सुन समेत फेला पारेको ब्‍यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए । प्रहरीले बरामद गरेको सुन नक्कली भएको पुष्टि भएको छ । प्रहरीले साउन १० गते चितवन भरतपुर  महानगरपालिका ७ बाट गोरखा बारपाक घर भएका ४५ वर्षीय सुरोज गुरुङलाई भागदै गरेको अवस्थामा पक्राउ गरिएको र त्यसपछि अनुसन्धान गर्दै जाँदा थप व्यक्ति पक्राउ गरेको थापाले बताए ।


त्यसपछि प्रहरीले अञ्जु थापा मगरलाई ३ सय २९ ग्राम कोकिन र ७ लाख ५० हजार सहित पक्राउ गरेको थियो । त्यस लगतै थप अनुसन्धान गर्दा रानीवारी बस्ने मुना तामाङ र रक्की आले मगरलाई नियन्त्रणमा लिएको ब्‍यूरोले जनाएको छ । साउन ११ गते प्रहरी काठमाडौं रानीबारीबाट नै रोयल थापा मगर, टोखाबाट सन्दीप पटेल, मिराज ढकाललाई नियन्त्रणमा लिएको र त्यसपछि सुदन शाक्य र मछिन्द्र धमला पक्राउ परेको ब्‍यूरोले जनाएको छ । बरामद गरेको कोकिनको बजार करिब साढे चार करोड रहेका प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x