अपराध

तीन महिनामा ३३ घटना दर्ता

थाहै नपाई साइबर अपराधी

साइबर अपराधी बन्नुअघि अपराध बुझिहाल्नुहोस्

कमल धिताल |
मंसिर २, २०७८ बिहीबार १५:३७ बजे

काठमाडौँ- इन्टरनेट तथा स्मार्टफोनको सहज उपलब्धतासँगै नेपालमा पनि साइबर अपराधको घटनामा वृद्धि हुन थालेको छ । पछिल्लो समय नेपालमा साइबर अपराध बढेसँगै प्रहरीमा घटना दर्तामा पनि वृद्धि भएको छ । विशेषगरी साइबर अपराधमा भएका अधिकांश घटना सामाजिक सञ्‍जालसँग सम्बन्धित रहेको देखिन्छ ।
साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराध हुन् ।

विज्ञान र प्रविधिको विकाससँगै अपराधको संसार पनि विकसित भएको छ । साइबर अपराध पनि विज्ञान र प्रविधिसँग जोडिएको अपराध हो । वेबसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत ब्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने लगायत कार्य साइबर अपराधअन्तर्गत पर्ने गरेको छन् ।


कति मानिस साइबर अपराध के हो भन्ने जानकारी नभई यसको अपराधतर्फ समेत धकेलिएका छन् । के गर्दा साइबर अपराध हुन्छ भन्नेबारे पनि मानिसहरूमा जानकारी नभएको देखिन्छ । साइबर अपराध गर्ने तथा भोग्ने कतिपयलाई यस विषयमा जानकारी नहुँदा समेत घटना घट्ने तथा दर्ता नहुने गरेको पाइन्छ ।  
आर्थिक वर्ष २०७३/७४ मा प्रहरीकहाँ साइबर अपराधका ३२ घटना दर्ता भएका छन् जसमध्ये सबैभन्दा बढी उपत्यकामा ३० वटा घटना दर्ता भएको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा साइबरसम्बन्धी एक सय घटना दर्ता भएका छन् ।

  वर्ष

  दर्ता भएका घटना

२०७३/७४

३२

२०७४/७५

१००

२०७५/७६

१६७

२०७६/७७

११७

२०७७/७८

५९

२०७८/७९ साउन-असोज ३३

                      स्रोत: प्रहरी प्रधान कार्यालय, नक्साल

पछिल्लो पाँच वर्षका घटना हेर्दा आर्थिक वर्ष २०७५/७६ मा साइबर अपराधका घटना उल्लेख्य बढेको देखिएको छ । तर, ०७६/७७ मा भने दर्ता घटना केही घटेको देखिएको छ । ०७६/७७ मा ११७ वटा घटना दर्ता भएका छन् भने आर्थिक वर्ष ०७७/७८ मा जम्मा ५९ वटा घटना दर्ता भएका छन् । यता, आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्दा साउनदेखि असोजसम्म ३३ वटा घटना दर्ता भएको देखिन्छ । जुन अन्य आर्थिक वर्षको तीन महिनाको अवधिमा धेरै नै बढी हो । 

उपत्यकामा धेरै 
साइबर अपराधका घटना उपत्यकामा धेरै देखिएका छन् । पाँच वर्षको तुलनामा ४ सय ६८ वटा घटना काठमाडौँ उपत्यकामा नै दर्ता भएका छन् । पाँच वर्षमा दर्ता भएका ४ सय ७५ घटनामा ४ सय ६८ उपत्यकामा भएका देखिन्छन् । उता उपत्यकाबाहिर भने पाँच वर्षको अवधिमा जम्मा ७ वटा घटना दर्ता भएका छन् । उपत्यकाबाहिर साइबर अपराध भए तापनि प्रहरीसमक्ष न्यून मात्रै दर्ता हुने गरेको देखिएको छ । उपत्यकाबाहिर साइबर अपराध के हो र के गर्दा साइबर अपराध हुन्छ भन्‍ने पर्याप्त जानकारी नपुगेको तथा अपराधै भए तापनि गाउँघरमै यसको समाधान निकाल्ने हुँदा घटना दर्ता नै कम हुने गरेको देखिएको छ । पाँच वर्षको अवधिमा उपत्यकाबाहिर जम्मा ७ वटा घटना दर्ता भएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ तीन महिनाको अवधिमा काठमाडौँ उपत्यकामा ३३ घटना दर्ता भएका छन् ।

जानकारी नहुँदा अपराध 
प्रहरीमा दर्ता हुन आउने साइबर अपराधका धेरै घटना विनाजानकारी हेर्ने गरेको समेत पाइएको छ । के गर्दा साइबर अपराध हुन्छ भन्‍ने जानकारीको अभावमै अपराधी बन्‍न पुगेको देखिएको छ । यस्ता अपराधमा मुछिएकाहरूमध्ये कतिपयले के गर्दा साइबर अपराध हुने भन्‍ने जानकारी नै पाएका हुँदैनन्, तर प्रहरीका अघिल्तिर उनीहरू अपराधी बनिसकेका हुन्छन् । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x